October 22, 2024, Tuesday
KN hd tv

देशभर बाढी र पहिरोका कारण नेकपा बैठक एक साताका लागि स्थगित

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक एक साताका लागि स्थगित भएको छ। देशभर भइरहेको बाढी र पहिरोका कारण बैठक स्थगित भएको हो ।

नेकपा किचलोका बीच बसेको स्थायी कमिटी बैठक केही दिन यता स्थगित हुँदै आएको थियो। बुधवारको बैठक स्थगित गरी बैठक आजका लागि बोलाइएको थियो।

नेकपाले बाढी पहिरोका कारण भइरहेको क्षति र त्यसबाट उद्धार तथा राहत कार्यमा लाग्न पनि निर्देशन दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक किचलो मिलाउन केही दिन यता वार्तामा बसे पनि निष्कर्ष निस्कन सकेको छैन।

स्थायी कमिटी बैठक आजका लागि बोलाईएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको