July 9, 2020, Thursday
२०७७ असार २५, बिहीबार
KN hd tv

आफ्नो करिअर डुब्ने डर थियो सुशान्तलाई

सुशान्तले आत्महत्या गरेको १४ दिन भइसक्दा पनि उनका फ्यानलाई विश्वास गर्न मुस्किल छ ।

उनको आत्महत्यालाई लिएर बलिउडमा अनेक खालका बहस सिर्जना भएका छन् । उनी केही महिनादेखि डिप्रेसनमा भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई लागिरहेको थियो कि, केही फिल्मकर्मीले उनको करिअर, प्रतिष्ठा र इमेज खराब गर्ने कोशिश गरिरहेका छन् ।

बान्द्रा प्रहरीले २७ जना व्यक्तिसँग सोधपुछ गरेको छ । प्रहरीले सुशान्तका नजिकका साथी, परिवारका सदस्य र उनको व्यवसायिक जीवनसँग जोडिएका व्यक्तिसँग सोधपुछ गरेको छ ।

सुशान्त आफ्नाबारेमा प्रकाशन भएका समाचारलाई लिएर समेत तनावमा पर्ने गरेको उनका नजिकका साथीहरुले बताएका छन् । उनलाई आलोचनाले पनि मानसिक रुपमा प्रभावित पारेको बताइएको छ ।

मिडिया रिपोर्टसका अनुसार सुशान्तले यशराज फिल्मसको ‘पानी’ मा काम गर्न साइन गरेका थिए । यो फिल्मलाई शेखर कपूरले निर्देशन गर्ने भनिएको थियो । तर पछि यो फिल्म विविध कारणले बनेन ।

मिडियाका अनुसार सुशान्तलाई आफ्नो करिअर डुब्ने डर थियो । जुन कारण उनी मानसिक तनावमा पर्दै गएका थिए । केही दिनअघि सुशान्तको पोस्टमार्टम रिपोर्ट आएको थियो । रिपोर्टमा घाँटीमा पासो लगाउँदा सास फेर्न गाह्रो भई ज्यान गएको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको