July 26, 2024, Friday
KN hd tv

सहकारी प्रकरण : कांग्रेसले भोलिदेखि भ्रातृ संस्थालाई सडकमा उतार्ने

काठमाडौं । सहकारी ठगीको विषय संसदीय समिति गठन गरेर छानविन हुनुपर्ने माग गर्दै संसद अवरोधसम्म गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सडक संघर्ष समेत चर्काउने भएको छ ।

कांग्रेसले सहकारीका बचतकर्ताहरूको रकम फिर्ताका लागि सरकारलाई दवाव बढाउन सदनसँगै सडकबाट समेत दबाब दिने भएको हो । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद अवरुद्ध गरेको छ । सरकारले आफूहरुको माग सम्वोधन नगरे अब संसद चल्न नसक्ने चेतावनी दिएको कांग्रेसका भ्रातृ संस्थाहरू सडक प्रदर्शनमा उतार्ने भएको हो । मंगलबार नेपाल महिला संघ र बुधबार नेपाल तरूण दलले काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् ।

नेपाल महिला संघकी अध्यक्ष उषा रावत मिश्रले दिएको जानकारीअनुसार मंगलबार दिउँसो १ः३० बजे शान्तिबाटिका रत्नपार्कमा विरोध ¥याली हुनेछ । उनले सहकारीमा देखिएका समस्या दिगो रूपमा समाधान गर्न सरकारसँग माग पनि गरेकी छन् । ‘सहकारी रकम दुरूपयोग गरी अपचलन गर्ने ठगहरूलाई छानबिन दायरामा ल्याई कानूनी कारबाही गर्न सरकारलाई दबाब सिर्जना गर्न विरोध र्‍याली गर्न लागेको’ उनको भनाइ छ ।

यस्तै तरूण दलले काठमाडौंको बत्तिसपुतलीमा सोमबार केन्द्रीय समिति बैठक गरेको छ । वैठकपछि अध्यक्ष विद्वान गुरूङले विज्ञप्ति जारी गर्दै सहकारी पीडित जनताका पक्षमा आन्दोलन सुरू गर्ने निर्णय भएको उल्लेख गरेका छन् । ‘जेठ २ गते मध्याह्न काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म सहकारी ठगीविरूद्ध विरोध र्‍याली गर्ने निर्णय गरिएको छ,’ अध्यक्ष गुरूङले भनेका छन् ।

t

शीर्ष समाचार

धेरै पढिएको