April 28, 2024, Sunday
२०८१ बैशाख १७, सोमबार
KN hd tv

लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा पुगेको छ । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

नेपालका लागि प्रिती राईले खेलको ९५औं मिनेटमा निर्णायक गोल गर्दै नेपाललाई फाइनलमा पुर्‍याएकी हुन् । यसअघि नेपालका लागि सावित्रा भण्डारीले खेलको ७६ औ मिनेटमा बराबरी गोल गरेकी थिइन् । सावित्राको यस प्रतियोगितामा यो नवौं गोल हो ।

त्यस्तै लेबनानका लागि नेपालकी पुजा रानाले खेलको ३७औं मिनेटमा आत्मघाती गोल गरेपछि लेबनानले शुरुवाती अग्रता लिएको थियो । यसअघि पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनलाई ५–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो । अब फाइनल नेपालले जोर्डनको सामना गर्नेछ । फाइनल खेल विहीबार हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको