June 5, 2023, Monday
२०८० जेष्ठ २२, सोमबार
KN hd tv

बंगलादेश फुटबल टिमका खेलाडी र प्रशिक्षक गरी १८ जनामा कोरोना संक्रमण

बंगलादेश – बंगलादेश फुटबल टिमका खेलाडी र प्रशिक्षक गरी १८ जनामा कोरोना संक्रमण भेटिएको छ। बन्द प्रशिक्षणका लागि बोलाइएका ३६ जनामा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो। जसमा एकजना एसिस्टेन्ट कोच पनि रहेका छन्।

२०२२ को कतार विश्वकप र २०२३ को चीनमा हुने एएफसी एसिया कपको तयारीका लागि खेलाडीहरुलाई राजधानी ढाका नजिकैको गाजिपुरमा क्याम्प बोलाइएको थियो। कुनै पनि खेलाडीमा कोरोनाको लक्षण नदेखिएको बंगलादेश फुटबल फेडेरेसनका महासचिव अबु नयिम सोयागले जनाएका छन्।

फेडेरेसनले पहिलो विभिन्न चरण परीक्षण गर्दा बुधवार ४ जना, बिहीवार ७ जना र शुक्रवार ७ जनामा कोराना संक्रमण पाइएको हो। सबै खेलाडीहरुलाई आइसोलेसनमा पठाइएको फेडेरेसनले जनाएको छ।

बंगलादेशले अक्टोवर ८ मा अफगानिस्तानविरुद्ध खेल्ने तालिका छ। अखिल नेपाल फुटबल संघ एन्फाले पनि विश्वकप छनोटको तयारीकै लागि भदौ १ गतेबाट प्रशिक्षण थाल्ने तयारी अघि बढाएको छ।

शीर्ष समाचार

धेरै पढिएको