September 28, 2023, Thursday
२०८० आश्विन ११, बिहीबार
KN hd tv

भारतले बनाएको एकतफी बाँधका कारण नरैनापुर गाउँपालिका डुबानमा

बाँके-  नरैनापुर गाउँपालिका नै बर्सेनी डुबानमा पर्दै आएको छ ।

डुडुवा गाउँपालिका साबिकका होलिया, बेतहनी–२, वनकटी–३ कम्दी–४ र ५, हिरमिनिया–६, राप्ती सोनारी–७, फत्तेपुर–६, पदनाहा नरैनापुर–५, भगवानपुर डोन्द्रा, भोजपभगवान्पुर, महतेनिया–६ सोन वर्षा गङ्गापुरलगायत क्षेत्र डुबान र कटानको चपेटामा परेका छन् ।

बाँधले प्राकृतिक बहाव रोकेपछि बर्सेनी जिल्लाको पूर्वीदक्षिण सीमावर्ती गाउँहरु डुबानमा पर्दै आएका हुन् । भारतले कटकुइयादेखि पश्चिमतर्फ विस्तार गरेको सडकजस्तो बाँधले उत्तरबाट दक्षिण बग्ने पानीको निकास थुनेको छ ।

“बर्खा शुरु भएपछि त्रास मै बाँच्ने गरेका छौँ, जीउने मर्ने ठेगान छैन, नरैनापुर गाउँपालिका–१ महतनियाकी ७० वर्षीय साबिरा सिखानीले भने, “पानी परेको दिन कोठामा पानी भरिन्छ ।” उनका अनुसार चारैतिरबाट जम्मा भएको पानी आँगनमा जम्मा हुन्छ । गाउँले घरबाट निस्कन पाउँदैनन् । छत हुनेहरु छतमा बसेर गुजारा चलाउँछन् । घरबाट निस्कनसमेत पाउँदैनन् ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तियाक अहमद शाहले भारतले दशगजासँग जोडेर बनाएको बाँधका कारण पानीको निकास नहुँदा एक दर्जन गाउँका १०० बढी घर डुबानको जोखिममा रहेको बताए । लक्ष्मणपुर बाँध र कलकलवाका कारण अहिलेसम्म त्यस क्षेत्रमा चार हजार बिघा बढी खेतीयोग्य जमीन मरुभूमि भइसकेको लक्ष्मणपुर बाँध पीडित सङ्घर्ष समितिका कार्यवाहक अध्यक्ष राजकुमार शुक्लाले बताए ।

शीर्ष समाचार

धेरै पढिएको