October 22, 2024, Tuesday
KN hd tv

कारोनाका कारण सिरहाका एक युवकको मृत्यु



 सुनसरी — सिरहाको गोलबजार नगरपालिका–१२ का २३ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले ती युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको जानकारी दिए  । 

यादवका अनुसार दुवै मिर्गौला फेल भएका उनलाई साउन १९ गते डायलसिसका लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । जनकपुर प्रादेशिक अस्पतालमा उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी डायलासिस गरिएको थियो । साउन २१ गते दिउासो उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । जनकपुर प्रादेशिक अस्पतालले २१ गते रिफर गरेपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार डायलसिसकै क्रममा ती युवकको मृत्यु भएको हो ।



शीर्ष समाचार

धेरै पढिएको