October 22, 2024, Tuesday
KN hd tv

विश्वभर १ करोड ८९ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं – विश्वभर १ करोड ८९ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार  एकै दिन २ लाख ७० हजार ५४५ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८९ लाख ७० हजार ८३७ पुगेको हो ।

कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । बिहीबार बिहानसम्म १ करोड २१ लाख ६० हजार ६७५ जना निको भएका छन् ।

यस्तै एकै दिन ६ हजार ८३० जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ११ हजार १०८ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार ८७७ जनाको मृत्यु भएको छ । २९ लाख ६३ हजार ४८७ जना संक्रमित भएकोमा १७ लाख ७८ हजार ९२६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २७ हजार ६९१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५८ लाख ४८ हजार ६३७ पुगेको छ । त्यसमध्ये ३१ लाख ८ हजार २४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३ हजार ८५४ जनाको मृत्यु भएको छ । ४६ लाख ८५ हजार ९३२ जना संक्रमित भएकोमा ३५ लाख ११ हजार ८३४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५२ हजार ७१६ जनाको मृत्यु भएको छ । ४४ लाख ५३ हजार १७९ जना संक्रमित भएकोमा ३० लाख ७१ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २१ हजार ६८३ जनाको ज्यान गएको छ भने ९ लाख ९७ हजार ६०२ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख ७७ हजार २०८ जना संक्रमणमुक्त भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको