October 22, 2024, Tuesday
KN hd tv

काठमाडौं उपत्यकामा एकैदिन १०२ कोरोना संक्रमित

 काठमाडौं उपत्यकामा दिनानुदिन कोरोनाभाइरसका संक्रमित बढ्दै गइरहेका छन् । यस्तै बुधबार साँझसम्म काठमाडौं उपत्यकामा १०२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा एकैदिन यति धेरै कोरोना संक्रमित देखिएको पहिलोपटक हो ।  

कोरोना संक्रमित भएका मध्य धेरै जना उपत्यका बाहिरबाट आएकाहरू रहेको बताइएको छ । एकै पटक धेरै कोरोना संक्रमितको संख्या बढेपछि अस्पतालमा शैय्या अभावले काठमाडौं उपत्यकामा मंगलबार संक्रमण पुष्टि भएका मध्ये १४ जनालाई घरमा नै राख्नु परेको बताइएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १०२ जनामध्ये १६ जना सम्पर्क विहिन रहेको पनि जनाइएको छ । 

 



शीर्ष समाचार

धेरै पढिएको