October 22, 2024, Tuesday
KN hd tv

कोरोनाका कारण नाडालले युएस ओपन टेनिस नखेल्ने

काठमाडौं – स्पानिस टेनिस स्टार राफेल नाडालले यस वर्षको युएस ओपन ग्राण्डस्लाम नखेल्ने भएका छन् ।

कोरोना भाइरस महामारीको कारण विश्वभर कठिन अवस्था रहेकाले नाडालले युएस ओपन नखेल्ने बताएका हुन् ।

नाडालले सामाजिक संजालबाट आफूले युएस ओपनबाट नाम फिर्ता लिएको जनाएका छन् ।

नाडालले यो निर्णय लिन कठिन भएको तर आफ्नो मनलाई पालना गरेको लेखेका छन् ।

अमेरिकाको टेनिस एसोसिएसनले आगामी अगष्ट ३१ बाट युएस ओपन गराउने तयारी गरेको छ ।

कोरोनाका कारण नाडालले युएस ओपन टेनिस नखेल्ने नाडालले गत वर्ष डानिल मेडभेडेभलाई पराजित गर्दै चौथो पटक युएस ओपनको उपाधि जितेका थिए । नाडालले सबैखाले गरी कूल १९ ग्राण्डस्लाम उपाधि जितेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको