October 22, 2024, Tuesday
KN hd tv

मुख्यमन्त्री गुरुङले भने- ‘लकडाउनमा उत्पादन र निर्माण रोक्न हुँदैन’



पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा लकडाउन खुकुलो पार्नुपर्ने बताएका छन्।

बाग्लुङका दुबै जना कोरोना भाइरस संक्रिमित उपचार पश्चात निको भएर घर गएको उल्लेख गर्दै गुरुङले गण्डकी प्रदेश अब ‘ग्रिन जोन’मा परेको बताए।

‘नाकाहरुमा कडाइ गरेर गण्डकी प्रदेश भित्रका जिल्लाहरुमा उत्पादन र निर्माणका काम थाल्नुपर्छ,’ गुरुङले शनिबार पत्रकार भेटघाटमा भने, ‘विशेषगरी खाद्यान्न उत्पादन, कृषि र विकास निर्माणका योजनामा लकडाउन हुनु हुँदैन।’

लकडाउनको मोटालिटी बनाइरहेको उच्चस्तरीय कोरोना रोकथाम समितिलाई समेत आफूले सुझाव दिएको गुरुङले बताए।

‘मैले उपप्रधानमन्त्री एवं उच्चस्तरीय समितिका संयोजकलाई फोन गरेर सुझाव दिएको छु, उनले भने, ‘अरु जिल्ला र प्रदेशमा के गर्नुहुन्छ तपाईंको कुरा, हामीले हाम्रो प्रदेशमा लकडाउनको मोडल बनाएका छौं।’

विकास निर्माण र उद्योग धन्दाका मजदुरलाई सुरक्षित रुपमा राखेर काम अघि बढाउनुपर्ने आफ्नो मोडल रहेको उनले बतए।

कोरोना भाइरस रोकथामका लागि आवश्यक विधि पालना गर्ने र मजदुरलाई सेल्फ क्वारेनटाइनमा राखेर काम गर्ने तयारी आफूहरुको रहेको उनको भनाइ छ।



शीर्ष समाचार

धेरै पढिएको