October 22, 2024, Tuesday
KN hd tv

फुटबलमा नयाँ नियमः खेलाडीले खोकेमा अब रेड कार्ड

काठमाडौं-फुटबल खेल्ने क्रममा खेलाडीले खोकेको अवस्थामा रेड कार्ड दिनुपर्ने नियम बनाउन विज्ञहरुले सुझाव दिएका छन् ।  यदी खेल भइरहँदा खेलाडीले अन्य खेलाडी तथा रेफ्रितिर जानाजान खोकेकोे अवस्था देखिएमा रेड कार्ड दिनुपर्ने प्रावधान ल्याउन सुझाव दिएका हुन् । 

जानी–जानी खोकेको अवस्थामा खेलाडी तथा रेफ्रिहरुप्रति दुव्र्यवहार भएको ठहरिने अन्तर्राष्ट्रिय फुटबल संघले उल्लेख गरेको छ । संघका अनुसार रेफ्रिहरुले खेलाडीले दुव्र्यवहार गरेको हो–होइन जाँच गरेर आवश्यक निर्णय लिन सक्नेछन् ।

कोरोनाभाइरसको महामारीसँगै यो नियम फुटबलमा लागु गर्न लागिएको  हो ।

“दुव्र्यवहारको उद्देश्यले नभइ सामान्य अवस्थामा तथा अन्य खेलाडी टाढा भएको खण्डमा भने रेफ्रिले केही निर्णय लिने छैनन् ।

यसका साथै आउने सिजनमा पनि अहिले जस्तै एकै खेलमा पाँच जना खेलाडी परिवर्तन गर्न पाइने नियमलाई निरन्तरता दिइने पनि बताइएको छ। 

शीर्ष समाचार

धेरै पढिएको