March 23, 2023, Thursday
२०७९ चैत्र १०, शुक्रबार
KN hd tv

के फेरि लकडाउन होला त ? सुझाव लिन प्रधानमन्त्रीले भोली बोलाउँदै जनस्वास्थ्यविद्लाई

काठमाडौं– लकडाउनबारे सल्लाह सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्यविद्लाई बालुवाटार बोलाएका छन्। मंगलबार बिहान ११ बजे चिकित्सक, नर्स, जनस्वास्थ्यविद्, स्वास्थ्य क्षेत्रका संघ संस्थाका प्रतिनिधिलाई बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रधानमन्त्रीले  स्वास्थ्यकर्मीलाई बोलाएर सुझाव लिन लागेका हुन्। ‘अहिले फेरि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। मृत्यु हुनेको संख्या पनि बढेको छ’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘अब थप कोरोना संक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा स्वास्थ्य क्षेत्रका प्रतिनिधी बोलाएर प्रधानमन्त्रीज्यूले बालुवाटारमा छलफल गर्नुहुने भएको छ।’

संक्रमितको संख्याका आधारमा क्षेत्रगत लकडाउन गर्ने तयारी गरिएको उनले बताए। लकडाउन भए यसअघिको जस्तो देशैभर लकडाउन नहुने उनले संकेत गरेका छन् ।



शीर्ष समाचार

धेरै पढिएको