December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

ओली पुगे बालकोट : भने, अब अढाइ वर्षपछि आउँला !

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्तामा कुनै सकरात्मक नतिजा ननिस्कीएपछि ओली बालुवाटारबाट भक्तपुरको बालकोट पुगेका हुन्।

बालकोट पुगेर करिब सवा घण्टासम्म बसेका प्रधानमन्त्री ओलीले भक्तपुरका नेता महेश बस्नेतसहितका नेकपा नेताहरुसँग छलफल गरेका थिए। पत्नी राधिकासहित आफ्नो निवासमा पुगेका ओलीले त्यस क्रममा तरकारी बारी, बगैँचादेखि आफ्नो शयन कक्षसम्म हेरेका थिए।

उनले आफ्नो निवासको जानकारी लिँदै त्यहीँ भक्तपुरका नेकपा नेता कार्यकर्ता र प्रशासकहरुसँग पनि छलफल गरेका छन्।

उहाँले आफ्नो निवासमा भक्तपुरका नेकपा नेता कार्यकर्ता र प्रशासकहरुसँग सवा घण्टा छलफल गर्नुभयो’, बाँसकोटाले भने, ‘बालकोट निवासबाट बाहिरिने क्रममा घर कहिले फर्किनुहुन्छ भन्ने प्रश्नमा । उत्तर थियो ‘अब अढाइ वर्षपछि आउँला भनेर बालुवाटारतिर लाग्नुभयो।’

प्रधानमन्त्री ओली यसअघि आफ्नो निजी निवासमा गत माघको श्री पञ्चमीमा पुगेका थिए।



शीर्ष समाचार

धेरै पढिएको