June 9, 2023, Friday
२०८० जेष्ठ २६, शुक्रबार
KN hd tv

काठमान्डौँमा प्रशिक्षणका लागि भेला भए खेलाडी

काठमाडौं –  एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तरगतको घरेलु मैदानको अभ्यासमा बोलाइएका खेलाडी काठमाडौंमा आइपुगेका छन् ।

डिफेन्डर रञ्जित धिमाल बाहेक ३३ जना खेलाडी काठमाडौंमा उपस्थित भइसकेको टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले बताए ।

`रञ्जित पारिवारिक कारणले काठमाडौं आउन केही समस्य लाग्छ। तर, अरु सबै खेलाडी काठमाडौंमा छन्,´ व्यवस्थापक उपाध्यायले भने,`सबै खेलाडीलाई जो जहाँ छन् त्यहीँ सुरक्षित रहन भनिएको छ।´

काठमाडौंमा रहेका ३३ जनामध्ये १० जना खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिपुरेश्वरस्थित विगनेस होटलमा क्वारेन्टाइनका रुपमा राखेको छ।

उक्त होटलमा टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठ समेत छन्। बाँकी खेलाडीहरुमध्ये विभागिय टोली आर्मीका ६ जना क्लबम‌ बसिरहेका छन् ।

खेलाडीको कोरोना भाइरस परिक्षण शनिबार गर्ने भनिएको थियो । तर, धेरै खेलाडीहरु राजधानी बाहिरबाट भएकाले कोरोना यात्राबाट आएको केही दिनपछि कोरोना परिक्षण गर्न मेडेकल टिमले सुझाएपछि खेलाडी कोरोना परिक्षणमा केही दिन लाग्ने भएको छ। उपाध्यायका अनुसार अब ढिलोमा २३ गते खेलाडीको कोरोना परिक्षण भइसक्नेछ।

भदौ १ गतेदेखि नेपालले अभ्यास सुरु गर्दैछ। फिफा विश्वकप छनोटको अभ्यास फागुनमा पनि सुरु गरेको थियो तर, कोरोना भाइरसको जोखिम बढेपछि अभ्यास स्थगित गरिएको थियो।

छनोटको समुह बि मा रहेको नेपालले ५ खेल खेलिसकेको छ। जसमा नेपालले ३ अंक जोडेको छ। अब नेपालले केही तलमाथि नभए अक्टोबर ८ मा दशरथ रंगशालामा चाइनिज ताइपेईसँग खेल्नेछ । त्यसपछि अस्ट्रेलिया र जोर्डनसँग घरेलु मैदानमै खेल्नेछ।

होटलमा बसिरहेका खेलाडी

देवेन्द्र तामाङ, विशाल राई, रविशंकर पासवान, छिरिङ गुरुङ, मिक्चेन तामाङ, दिलेन तोप्तान, पुजन उपरकोटी, विमल राना, दिप कार्की र दर्शन गुरुङ।

आर्मी क्लबमा बसिरहेका खेलाडी

नवयुग श्रेष्ठ, सुमन अर्याल, शेशेहाङ आङ्दम्वे, जर्ज प्रिन्स कार्की, विकास खवास र भरत खवास।

आफ्नै घरको क्वारेन्टाइनमा बसेका खेलाडी

किरण चेमजोङ, विकेश कुथु, विशाल श्रेष्ठ , सरोज दाहाल, अनन्त तामाङ, अजित भण्डारी, तेज तामाङ, विक्रम लामा, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुनिल वल, रोहित चन्द, अभिषेक रिजाल, अमित तामाङ, एरिक बिष्ट, अन्जन बिष्ट र आशिष लामा ।

शीर्ष समाचार

धेरै पढिएको