March 23, 2023, Thursday
२०७९ चैत्र १०, शुक्रबार
KN hd tv

आज बालुवाटारमा तीन नेताहरुबीच भएको छलफल सकियो

काठमाडाैं-  नेकपाका तीन शीर्ष नेताहरुबीच बालुवाटारमा भएकाे छलफल सकिएकाे छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीच बिहान करिव १० बजे सुरु भएकाे छलफल सकिएकाे हाे।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि केही दिनदेखिकाे संवादहिनता तोड्दै आइतबार नेकपाका नेताहरुबीच छलफल भएकाे हाे। छलफलमा अर्का नेता सुवास नेम्वाङ पनि सहभागी थिए।साउन १३ गते बोलाइएको स्थायी कमिटीको बैठक अन्तिम समयमा ओलीले स्थगित गरेपछि नेकपाभित्र संवादहीनताको अवस्था थियाे। ओलीले बैठक स्थगित गरेपनि बहुमत असन्तुष्ट सदस्यहरुकाे बैठक बालुवाटारमै बसेकाे थियाे। बैठक लगातार स्थगन गर्न नहुने धारणा राखेपछि अर्का अध्यक्ष प्रचण्डले बैठक सञ्चालन गरेका थिए। त्यसयता नेकपाका शीर्ष नेताहरुबीच संवाद हुन सकेको थिएन।

शीर्ष समाचार

धेरै पढिएको