October 22, 2024, Tuesday
KN hd tv

सरकारलाई देख्ने र सुन्ने गरी भनौँ – सरकार अब अति भो !: गगन थापा

काठमाण्डौँ – नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना संक्रमण भुसको आगोझै फैलिँदा पनि सरकार भने निन्द्रामा मस्त रहेको आरोप लगाएका छन् ।  

शुक्रबार बिहान ट्विट गर्दै नेता थापाले कोरोना संक्रमण तीव्र गतिमा फैलिरहे पनि सरकार भने बालुवाटार पर्खालभित्रको निन्द्रामा मस्त रहेको आरोप लागएका हुन् ।

‘भुसको आगोझै संक्रमण फैलिएको छ । सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ,’ उनले लेखेका छन्, ‘बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ- सरकार अब अति भो !’ 

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले प्रधानमन्त्री पार्टीको खिचातानीमा व्यस्त र स्वास्थ्यमन्त्री आफ्नो कामको प्रशंसा गर्दै भजन गाउन मस्त रहँदा कोरोना संक्रमणको जोखिम झन् बढेको बताएका छन् । 

शीर्ष समाचार

धेरै पढिएको