October 22, 2024, Tuesday
KN hd tv

चौथो चरणको उद्धार उडान आजदेखि सुरु हुँदै

काठमाण्डौ – विदेशमा अलपत्र नेपालीको चौथो चरणको उद्धार उडान आजदेखि सुरु हुँदैछ ।

केही दिन रोकिएको उडान आज शुक्रबारदेखि फेरि सुरु भएको हो । चौथो चरण उद्धार उडान आजदेखि साउन २४ गतेसम्मका लागि तय भएको छ । कोरोना महामारीपछि उडान बन्द हुँदा समस्यामा परेका विभिन्न २९ देशबाट ३५ हजार ८०४ जना हवाइमार्गमार्फत स्वदेश फर्किएका छन् ।

आज शुक्रबार नै विभिन्न देशबाट ९ उडानमार्फत नेपाली स्वदेश फर्कंदै छन् । मलेसियाबाट मलिण्डो एअरले त्यहाँ समस्यामा रहेका नेपाली लिएर आउने छ भने आज कुवेतबाट मात्रै चार उडानबाट नेपाली घर फर्कंदै छन् । हिमालय एअरको दुई उडानमार्फत कुवेतबाट नेपालीहरु स्वदेश फर्कंदै छन् ।

कुवेतबाटै जजिरा एअरका दुई जहाज पनि आज नेपाली लिएर आउँदैछन् । यूएईको दुबईबाट फ्लाई दुबईको एक उडानमार्फत आज नेपालीहरु स्वदेश आउँदैछन् । 

शीर्ष समाचार

धेरै पढिएको