वीरगञ्जमा नारायणी अस्पतालका डाक्टर र नर्ससहित २८ जनामा कोरोना संक्रमण
- Khabar Nirantar
- २०७७ श्रावण १६
काठमाडौं– कोरोना संक्रमितको उपचार गरिरहेको वीरगञ्जस्थित नारायणी अस्पतालका डाक्टर, नर्स, स्वास्थ्यकर्मीसहित कर्मचारीसमेत संक्रमित भएका छन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार अस्पतालका २८ जनामा कोरोना संक्रमण देखिएको छ। उनका अनुसार ८ जना डाक्टर, ६ जना नर्स, ४ जना पारामेडिक्स, एम्बुलेन्स चालक तथा कर्मचारी गरेर २८ जनामा संक्रमण देखिएको छ। डाक्टरहरुमा २ जना फिजिसियन, ४ जना अर्थोपेडिसियन, १ जना सर्जन र १ जना मेिडकल अधिकृत छन्।
डा उपाध्यायका अनुसार अस्पतालका कर्मचारीको परिवारका सदस्यामा समेत कोरोना पोजेटिभ देखिएको छ।
शीर्ष समाचार
- पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर
- ढुङ्गाले च्यापेर राखेको अवस्थामा दोलखाबाट थप ४ किलो सुन बरामद
- चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण सुदृढ गरेको छ : प्रधानमन्त्री
- म्याद थप गर्न अनमोल केसीलाई लगियो सरकारी वकिल कार्यालय
- केएमसीका चिकित्सकमाथि आक्रमण : गुल्मीका दुई युवक पक्राउ
प्रतिकृया दिनुहोस्