May 30, 2023, Tuesday
२०८० जेष्ठ १६, मंगलवार
KN hd tv

अनुशासन समितिको कार्यक्षमता नियतमाथि पौडेलको प्रश्न ?

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता नियतमाथि प्रश्न उठाउनुभएको छ ।

पौडेलले आज सामाजिक सञ्जाल ट्वीटरमा टिप्पणी गर्दै वागी उम्मेदवार, उम्मेदवारी खोसिएका र चुनावपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरी कारवाही गरेको भन्दै अनुशासन समितिको नियतमाथि प्रश्न उठाउनुभएको हो।

उहाँले विगत चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ३२ जना उम्मेदवार र प्रस्तावक समर्थकलाई नेपाली कांग्रेसको विधानको दफा ४ बमोजिम पार्टी सदस्यता नरहने गरी निस्कासित गर्दा तनहुँ क्षेत्र नं १ मा वागी उम्मेदवारलाई कारवाही नगरेकोमा समेत असन्तुष्टि जनाउनुभएको छ ।

उहाँले तनहुँ क्षेत्र नम्बर १ मा वागी उम्मेदवारी दर्ता गरेकागोविन्दराज जोशीसँग जोडेर सिटिङ सांसद तथा उम्मेदवारी खेसिएका कैलालीका पुष्कर ओझालाई स्पष्ट आधार र कारण विना विधानको दफा ३४ बमोजिम ५ वर्षको लागि पार्टीबाट निस्कासनको कारवाही गर्नु पार्टीको केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको उल्लेख गर्नुभएको छ ।

शीर्ष समाचार

धेरै पढिएको