March 30, 2023, Thursday
२०७९ चैत्र १६, बिहीबार
KN hd tv

देउवाका कारण पार्टीको स्वास्थ्य ठिक छैनः प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठीक नभएको बताएका छन्।

तेह्रौं महाधिवेशनबाट पार्टीको नेतृत्व गरेका नेताले नै विधानले तोकेको काम, कर्तव्य र अधिकार अनुरुप काम नगर्दा पार्टीको स्वास्थ्य बिग्रेको नेता सिंहले बताएका हुन्। न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नेता सिंहले पार्टीको विधान र नियमावलीले निर्देशित गरे अनुरुप काम नगर्दा पार्टी अप्ठेरो अवस्थामा पुगेको बताए।

“पार्टी सभापति जिम्मा लिएको व्यक्तिले काम गर्न नसकेको कारण अहिले पार्टीको स्वास्थ्य ठीक नभएको देखिएको छ”, उनले भने।

नेता सिंहले कांग्रेस प्रजातान्त्रिक पार्टी भए पनि प्रजातन्त्रको रक्षाका लागि गर्नुपर्ने न्यूनतम क्रियाकलाप समेत गर्न नसकेको बताए। उनले पार्टी प्रजातान्त्रिक मूल्य मान्यता अनुसार चल्न नसकेको समेत स्वीकार गरे।

महाधिवेशनको विधि र प्रक्रिया जिल्ला र स्थानीय तहमा शुरु भइसक्दा अनुशासनको कारबाही अगाडि बढाउन नहुने उनको भनाइ छ । पार्टीको विधान अनुसार अनुशासनमा नरहने व्यक्तिलाई कारबाही गर्ने कुरा ठीक भए पनि पार्टी सभापतिले समयको ख्याल गर्न नसकेकोे बताए।

शीर्ष समाचार

धेरै पढिएको