March 30, 2023, Thursday
२०७९ चैत्र १६, बिहीबार
KN hd tv

विराटनगर महानगरपालिकाले गर्यो अत्यावश्यक सेवाबाहेक अरु सेवा बन्द

मोरङ – मोरङको विराटनगर महानगरपालिकाले अत्यावश्यक सेवाबाहेक अरु सेवा बन्द गरेको छ ।

कोभिड-१९ को सङ्क्रमण समुदायमा फैलिन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न भन्दै महानगरपालिकाले अरु सेवा स्थगित गर्ने निर्णय गरेको हो ।

नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरू दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिस बाहेक अन्य सबै सेवा स्थगित गर्ने निर्णय गरेको महानगरपालिका प्रमुख भीम पराजुलीले बताउनुभयो ।

साथै भारतीय सीमावर्ती क्षेत्रबाट हुने आवतजावतमा कडाइ, सिटी रिक्सामा सामाजिक दूरी कायम गर्ने तथा चोक, बजारमा भीडभाड गरेर लाग्ने पसल व्यवसाय सकेसम्म सञ्चालन नगर्न भनिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको