August 9, 2020, Sunday
२०७७ श्रावण २६, सोमबार
KN hd tv

बैकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौँ – बैकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । अदालतबाट कसुर सजाय भई फरार रहेका राजेन्द्र कुमार महर्जन कलंकीबाट पक्राउ परेका हुन् । 

कलंकी घर भई ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्दै आएका महर्जनविरुद्ध उच्च अदालत पाटनले २०७६ माघ २० गते बैकिङ कसुरमा दोषी ठहर गरेको थियो ।

अदालतले १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरीवाना सुनाएलगत्तै महर्जन फरार भएका थिए । कलंकीमा लुकिछिपी बसिरहेको अवस्थामा महर्जनलाई पक्राउ गरिएको ब्यूरोका प्रमुख सहकुल थापाले बताए । 

शीर्ष समाचार

धेरै पढिएको