March 30, 2023, Thursday
२०७९ चैत्र १६, बिहीबार
KN hd tv

नेपालका २१ वटा हिमताल खतराको सूचीमा

काठमाण्डौ – हिउँदमा हिउँ जम्छ । हिउँ जमेपछि हिमनदी पनि जम्छ वा आकार धेरै घट्छ । हिमतालमा रहेको पानी पनि जमेर बरफ बन्छ । यसैले यो समयमा हिमताल फुट्ने डर कम हुन्छ ।

हिमतालका अनुसन्धानकर्ता श्रीकमल द्विवेदी भन्नुहुन्छ, ‘हिमताल फुटेर क्षति गराउने जोखिम वर्षायाममा हुन्छ, यसबेला तापक्रम बढेसँगै हिउँ पग्लिएर हिमनदीको आकार बढेको हुन्छ, हिमतालमा बरफ पग्लिएर पानी बनेको हुन्छ, हिमताल भन्दामाथि वा आसपासमा पहिरो जान सक्छ, वर्षाको पानीलगायतका कारण हिमतालको आकार धेरै बढ्ने भएकोले हिमताल फुट्ने जोखिम रहन्छ ।’

ईसिमोडले गरेको अध्ययनमा अनुसार नेपालका २१ वटा हिमताललाई खतराको सूचीमा छन् । तर हिमतालका अनुसन्धानकर्ता श्रीकमल द्विवेदी बढी जोखिमको रुपमा देखाइएको भए पनि सबै हिमतालबाट खतरा रहेको बताउनुहुन्छ ।

शीर्ष समाचार

धेरै पढिएको