July 26, 2024, Friday
KN hd tv

पृथ्वी राजमार्ग फेरि अवरुद्ध

तनहुँ – लगातारको भारी वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत दमौली डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

राजमार्गको सडक भाँसिएपछि बनाइएको वैकल्पिक मार्गमा  सवारी साधन फसेर पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको हो । अविरल वर्षा पछि बन्दीपुर गाउँपालिका–१ स्थित नालामा सडक नै भाँसिएर पहिरो गएपछि यसअघि पनि राजमार्ग अवरुद्ध भएको थियो ।

यही साउन ४ र ५ गते पनि उक्त राजमार्ग अवरुद्ध भएपछि लामो समय लगाएर सञ्चालनमा ल्याइएको थियो । पहिरोले राजमार्गको सडक नै बगाएपछि वैकल्पिक मार्ग बनाइएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको