October 22, 2024, Tuesday
KN hd tv

भाडसरमा २९ घर डुबानमा

मलंगवा –सर्लाही सदरमुकाम मलंगवा नगरपालिका-५, भाडसरमा २९ घर डुबानमा परेका छन्। लखन्देही खोलामा आएको बाढी गाउँमा पस्दा २९ घर डुबानमा परेका हुन्।खोलाको छेउमा रहेको गाउँका पश्चिम क्षेत्रका घरहरु डुबानमा परेका छन्। डुबानमा परेका अधिकांश घर कच्ची छन्। घर डुबानमा परेपछि स्थानीय केही पक्की घरमा शरण लिएर बसेका छन्। 

कतिपय भने चोरी हुने डरले घर छोड्न नसक्दा जोखिम मोलेर डुबान क्षेत्रमै बसेका छन्। भाडसर भन्दा उत्तरमा होचो रहेको बाँध नदीले भत्काउँदा बाढी गाउँमा पसेको हो। आइतवार आएको बाढीका कारण गाउँका करिब २९ घर डुबानमा परेको मोहम्मद फिरोजले जानकारी दिए। 

बाढीको कारण अरु स्थानमा खासै क्षति नभएपनि भाडसरका केही घर डुबानमा परेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए। 

शीर्ष समाचार

धेरै पढिएको