July 26, 2024, Friday
KN hd tv

प्रधानन्यायाधीशले तोके ११ इजलास, राजपत्रमा सूचना प्रकाशित नभएपछि गोलाप्रथा कार्यान्वयन भएन

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबारका लागि ११ वटा इजलास तोकेका छन्। 

राणाले १० वटा संयुक्त इजलास तोक्दा १ एकल इजलास तोकेका हुन्। उनले आफ्ना लागि भने कुनै इजलास तोकेका छैनन्। 

प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोन गर्दै इजलास बहिष्कार गर्दै आएका सर्वोच्चका न्यायाधीशहरुले २४ दिनपछि शुक्रबारबाट नियमित मुद्दा हेरेका थिए।  

बिहीबार प्रधानन्यायाधीश राणा बाहेकका १८ जना न्यायाधीशको सहभागितामा बसेको सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकले मुद्दाको पेसी तोक्दा गोलाप्रथा प्रणाली अपनाउने निर्णय गरेपछि शुक्रबारदेखि न्यायाधीशहरु नियमित सुनुवाइमा फर्किएका हुन्। 

गोलाप्रथाबाट पेसी तोक्नका लागि सर्वोच्च अदालत नियमावली र निर्देशिका संशोधन गरिएको छ। नियमावली र निर्देशिका संशोधनसम्बन्धी सूचना राजपत्रमा प्रकाशित हुनु पर्नेछ। 

आइतबारदेखि सर्वोच्चमा  गोलाप्रथाबाट पेसी तोक्न सुरु हुने बताइएको भएपनि राजपत्रमा सूचना प्रकाशन नभएपछि आजबाट गोलाप्रथाबाट पेसी तोक्ने प्रकृया सुरु हुन नसकेको जनाइएको छ। आज राजपत्रमा सूचना प्रकाशन भएपछि सोबारदेखि गोलाप्रथाबाट पेसी तोकिने जनाइएको छ। 

शीर्ष समाचार

धेरै पढिएको