July 27, 2024, Saturday
KN hd tv

अवरुद्ध सडक खुलाउन समय लाग्ने

काठमाण्डाै – बाढी पहिरोका कारण विभिन्न ठाउँको सडक अवरुद्ध भएकाले अनावश्यक यात्रा नगर्न सडक विभागले आग्रह गरेको छ ।

त्रिभुवन राजपथ र विपी राजमार्गबाहेक अरु राजमार्गका ठाउँठाउँमा पहिरो गएको विभागका महानिर्देशक केशव शर्माले जानकारी दिनुभयो । धेरै ठाउँमा पहिरो खसेको तथा केही ठाउँमा बेलिब्रिज नै बगाएकाले पानी नरोकिएसम्म बन्द भएका बाटो खुलाउन सम्भव नभएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार यो वर्ष पानी परेर क्षति भएका सडक बनाउन मात्रै झण्डै डेढ अर्ब रुपैयाँ आवश्यक पर्छ । आज मुग्लिन–नारायणगढ सडकको पहिरो सफा गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

शीर्ष समाचार

धेरै पढिएको