October 22, 2024, Tuesday
KN hd tv

कटरीना, ईशान र सिद्धान्तको ‘फोन भूत’ फर्स्टलुक पोस्टर सार्वजनिक

कटरीना कैफ, सिद्धान्त चतुर्वेदी र ईशान खट्टरले एकसाथ काम गर्न लागेको ‘फोन भूत’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । हरर कमेडी यो फिल्मको पोस्टरमा तीनै जना कल सेन्टरको वर्करको ड्रेसअपमा देखिएका छन् ।

फिल्मको पोस्टर शेयर गर्दै कटरीनाले लेखेकी छन्, ‘भूतसँग जोडिएको हरेक समस्याको समाधानको एक दोकान । तपाईंमाझ २०२१ सम्म पुग्नेछ ।’  फिल्म ‘फोन भूत’ को निर्देशन गुरमीत सिंहले गर्दैछन् । रितेश सिधवानी र फरहान अख्तरले निर्माण गर्ने यो फिल्मको कथा रवि शंकरनले लेखेका छन् । फिल्मको छायांकन २०२० को अन्तिममा सुरु हुनेछ । फिल्मको रिलिज भने २०२१ मा गरिँदैछ । यो फिल्मको घोषणा २ वर्ष अगाडि नै भएको थियो । कटरीना, सिद्धान्त र ईशान तीनै जना फिल्मलाई लिएर निकै उत्साहित छन् ।  

यो फिल्मका अलावा कटरीना कैफको नयाँ फिल्म ‘सूर्यवंशी’ हो । यो फिल्म प्रदर्शनको तयारीमा छ । अभिनेता ईशान खट्‌टर भने ‘खाली पीली’ मा देखिँदैछन् । त्यस्तै, सिद्धान्त चतुर्वेदी ‘बन्टी र बबली २’ मा काम गर्दैछन् । कोरोनाको महामारीले थिलथिलो बनाएको बलिउड फिल्म इन्डस्ट्रीलाई चलायमान बनाउन अहिले मेकरहरु धमाधम फिल्म निर्माणको घोषणा गरिरहेका छन् । 

शीर्ष समाचार

धेरै पढिएको