July 26, 2024, Friday
KN hd tv

वर्षायाम शुरु भएदेखि बाढी–पहिरोको कारण मृत्यु हुनेको संख्या १ सय १३ पुग्यो

काठमाडौं – यो वर्ष मनसुन सुरु भएदेखि हालसम्मको अवधिमा १ सय १३ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण २८ जिल्लामा ११३ जनाले ज्यान गुमाएका हुन् ।

विभिन्न जिल्लामा भएका घटनामा १०३ जना घाइते छन् भने ४५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी राखिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाही बताउँछन् ।

उनका अनुसार खोज तथा उद्दारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टाेली खटिएको छ ।

प्रहरीका अनुसार हालसम्म मनसुनजन्य विपदबाट सबैभन्दा बढी म्याग्दीमा २८ जनाको मृत्यु भएको छ भने जाजरकोटमा १२, तनहुँमा ११ र कास्कीमा १० जनको मृत्यु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको