October 22, 2024, Tuesday
KN hd tv

पहिरोका कारण विभिन्न सडकखण्ड बन्द

काठमाण्डाै – आइतबारदेखि लगातार परेको वर्षाका कारण विभिन्न ठाउँमा पहिरोको कारण सडक अवरुद्ध भएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका १ कमेरेफाँटमा खसेको पहिरोका कारण वीपी राजमार्ग बन्द भएको छ । सिन्धुलीमा बिहान पौने १२ बजे पहिरो खसेको प्रहरीले जनाएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीकाे भनाइ छ । 

यस्तै धादिङ र चितवनको सीमामा पर्ने मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग बन्द भएको छ । सडक बन्द हुँदा चितवनर धादिङ हुँदै काठमाण्डौ आउने गाडी पनि बीच बाटोमा नै रोकिएका छन् । गाडी रोकिँदा मौवाखोला आसपास गाडीको जाम भएको छ । पानी परिरहेकाले गाडी चल्न कति समय लाग्छ भन्न सकिने अवस्था नभएको धादिङ प्रहरीले जनाएको छ । 

यसैबीच पहिरोका कारण बन्द नारायणगढ–मुग्लिन सडकखण्ड अझै सञ्चालनमा आएको छैन । इच्छाकामना गाउँपालिका ६ चारकिलो भन्ने ठाउँमा बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको हो । 

पानी लगातार परिरहेको र माथिबाटसमेत थप पहिरो खसिरहेकाले आज दिनभर जस्तो सडक बन्द हुन सक्ने प्रहरीले जनाएको छ । यात्रुलाई वैकल्पिक बाटो भएर आवत जावत गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

यो सडकखण्डमा पटक–पटक पहिरो जाने गरेकाले बाटो बन्द हुने गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको