उपचाररत कोरोना संक्रमित बिरामीको मृत्यु
- Khabar Nirantar
- २०७७ श्रावण २
धरान – नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण बिहिबार मृत्यु भएको हो ।
प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । यससँगै नेपालभर कोरोनाबाट मृत्यु हुने व्यक्तिहरुको संख्या ४० पुगेको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि वृद्धलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।
शीर्ष समाचार
- ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित
- गगन थापा : नेपालले पनि सांस्कृतिक नक्सा जारी गर्नुपर्छ
- स्कटल्यान्डविरूद्धको अभ्यास खेलमा नेपाल १३५ रनमै अलआउट
- महेश बाबुको फिल्ममा भिलेन बन्दै आमिर खान !
- नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक देसाइ दक्षिण अफ्रिका प्रस्थान
प्रतिकृया दिनुहोस्