वरिष्ठ कम्युनिष्ट नेत्री बालकुमारी थापाको निधन
- Khabar Nirantar
- २०७७ असार ३०
हेटौंडा – वरिष्ठ कम्युनिष्ट नेत्री बालकुमारी थापाको निधन भएको छ । नेकपा मकवानपुरका अभिभावकसमेत रहेकी कम्युनिष्ट आन्दोलनकी नेत्री थापाको ७६ वर्षका उमेरमा गए राति हेटौँडा अस्पतालमा निधन भएको हो ।
तत्कालीन नेकपा (एमाले)का सल्लाहकारसमेत रहेकी थापा विसं २०३५ देखि ०४६ सम्म तत्कालीन नेकपा (माले)को सेल्टरदाताका रूपमा चर्चित थिइन् ।
लामो समयदेखि मुटुसम्बन्धी समस्याले ग्रस्त थापाको हेटौँडा अस्पतालमा उपचारका क्रममा निधन भएको नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले जानकारी दिइन् । मकवानपुरको कम्युनिष्ट आन्दोलनकी वरिष्ठ नेत्री थापा हेटौँडा उपमहानगरपालिका–१७ राजदेवी निवासी थिइन् ।
शीर्ष समाचार
- राहत शिक्षक र सरकारबीच सहमति,आन्दोलनका कार्यक्रम फिर्ता
- नेपाल नगपालिका संघ र गाउँपालिका महासंघद्वारा सरकारलाई कार्यविस्तृतिकरण सुझाव प्रतिवेदन हस्तान्तरण
- अर्थ समितिका सभापतिको गुनासो : सरकारले ८० प्रतिशत निर्देशन कार्यान्वयन गरेन
- अर्थ समितिको कार्यविधि : ३० मिनेट भन्दा ढिला भए सभापतिले वैठक स्थगित गर्न सक्ने
- राजा खोज्दै छ समाज
प्रतिकृया दिनुहोस्