रजस्वलामा महिलाहरुले गर्न सक्ने उपयुक्त योगासनहरु
विभिन्न पारिवारिक जिम्मेवारीसंगै रजस्वला तथा गर्भाधानजस्ता क्रियाले गर्दा महिलाहरु शारीरिक वा मानसिक रुपमा कमजोर हुदैं गइरहेका हुन्छन् । त्यसका साथै उमेर बढ्दै जाँदा विभिन्न पाठेघर समस्याहरु पाठेघरको क्यान्सर, स्तन क्यान्सर , घुडा खिइने, पेट दुख्ने, नशा च्यापिने जस्ता विभिन्न रोगहरु लागेका देखिन्छ ।
विभिन्न शारीरिक एवम् मानसिक अप्ठ्यारोमा पनि महिलाहरु घरायसी काममा व्यस्त हुन्छन । झन् रजस्वला र गर्भावस्थामा उनीहरुको स्वास्थ्य अवस्था निकै कम्जोर भएको हुन्छ । यस्तो अवस्थामा महिलाहरुले विभिन्न योगादि कार्यहरु गरे भने घर परिवारका सदस्यहरुलाई पनि सिकाएर सबैलाई स्वस्थ राख्न सहयोग गर्न सक्छन् । योगासनका माध्यमबाट हाम्रो श्वास प्रश्वासलाई ध्यान दिएर गर्यौं भने हाम्रो शरीरका सम्पूर्ण स- साना कोषहरुमा अक्सिजनको मात्रा पुग्दछ र सम्पूर्ण प्रणालीहरुमा सन्तुलन आउछ र हामी स्वस्थ हुन सक्छौं ।
किशोरावस्थामा पुगेपछि महिलाहरुमा शारीरिक परिवर्तन आउनुका साथै मासिक रजस्वला प्रक्रिया पनि सुरु हुन थाल्दछ । यस्तो अवस्थामा तल्लो पेट दुख्ने , कम्मर दुख्ने , जिउ लुलो हुने अथवा भारी हुने जस्ता समस्याहरु देखिन्छन् । यस्ता समस्याहरु कम गर्न पनि हामीले केही योगासनहरु गर्न सक्दछौ वा यस्ता पीडाबाट छुट्न पनि हामीले दैनिक रुपमा योगासनहरुको अभ्यास गर्नु पर्दछ । यस्ता योगासनहरु त धेरै हुन्छन तर सबै आसनहरु गर्नु पर्दछ भन्ने छैन । आसन गर्दा आफ्नो क्षमता , समय र उपयुक्त विधिलाई ध्यान दिएर गर्नु पर्दछ ्र यसरी योगासन गर्दा हामी शारीरिक र मानसिक स्वस्थता प्राप्त गर्न सक्दछौं ।
रजस्वलाको समयमा गर्न सकिने आसनहरु :
– उभिएर गर्न सकिने आसन : ताडासन
-बसेर गर्न सकिने आसन : सुखासन
– पल्टिएर गर्न सकिने आसनह : मकरासन
– अगाडि झुकेर गरिने आसन : पादहस्तासन
-मोडिएर गर्न सकिने आसन : मर्कटासन
– उत्तानो पल्टिएर गरिने आसन : विपरितकरणी शवासन
महिलाहरुले अर्को भोग्नु पर्ने महत्वपूर्ण अवस्था भनेको गर्भासन हो । यो एउटा महिलाहरुको विशेष अवस्था हो ।
प्रतिकृया दिनुहोस्