December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

रजस्वलामा महिलाहरुले गर्न सक्ने उपयुक्त योगासनहरु

विभिन्न पारिवारिक जिम्मेवारीसंगै रजस्वला तथा गर्भाधानजस्ता क्रियाले गर्दा महिलाहरु शारीरिक वा मानसिक रुपमा कमजोर हुदैं गइरहेका हुन्छन् । त्यसका साथै उमेर बढ्दै जाँदा विभिन्न पाठेघर समस्याहरु पाठेघरको क्यान्सर, स्तन क्यान्सर , घुडा खिइने, पेट दुख्ने, नशा च्यापिने जस्ता विभिन्न रोगहरु लागेका देखिन्छ ।

विभिन्न शारीरिक एवम् मानसिक अप्ठ्यारोमा पनि महिलाहरु घरायसी काममा व्यस्त हुन्छन । झन् रजस्वला र गर्भावस्थामा उनीहरुको स्वास्थ्य अवस्था निकै कम्जोर भएको हुन्छ । यस्तो अवस्थामा महिलाहरुले विभिन्न योगादि कार्यहरु गरे भने घर परिवारका सदस्यहरुलाई पनि सिकाएर सबैलाई स्वस्थ राख्न सहयोग गर्न सक्छन् । योगासनका माध्यमबाट हाम्रो श्वास प्रश्वासलाई ध्यान दिएर गर्यौं भने हाम्रो शरीरका सम्पूर्ण स- साना कोषहरुमा अक्सिजनको मात्रा पुग्दछ र सम्पूर्ण प्रणालीहरुमा सन्तुलन आउछ र हामी स्वस्थ हुन सक्छौं ।

किशोरावस्थामा पुगेपछि महिलाहरुमा शारीरिक परिवर्तन आउनुका साथै मासिक रजस्वला प्रक्रिया पनि सुरु हुन थाल्दछ । यस्तो अवस्थामा तल्लो पेट दुख्ने , कम्मर दुख्ने , जिउ लुलो हुने अथवा भारी हुने जस्ता समस्याहरु देखिन्छन् । यस्ता समस्याहरु कम गर्न पनि हामीले केही योगासनहरु गर्न सक्दछौ वा यस्ता पीडाबाट छुट्न पनि हामीले दैनिक रुपमा योगासनहरुको अभ्यास गर्नु पर्दछ ।  यस्ता योगासनहरु त धेरै हुन्छन तर सबै आसनहरु गर्नु पर्दछ भन्ने छैन । आसन गर्दा आफ्नो क्षमता , समय र उपयुक्त विधिलाई ध्यान दिएर गर्नु पर्दछ ्र यसरी योगासन गर्दा हामी शारीरिक र मानसिक स्वस्थता प्राप्त गर्न सक्दछौं ।

रजस्वलाको समयमा गर्न सकिने आसनहरु :

– उभिएर गर्न सकिने आसन : ताडासन

-बसेर गर्न सकिने आसन : सुखासन

– पल्टिएर गर्न सकिने आसनह : मकरासन

– अगाडि झुकेर गरिने आसन : पादहस्तासन

-मोडिएर गर्न सकिने आसन : मर्कटासन

– उत्तानो पल्टिएर गरिने आसन : विपरितकरणी शवासन

महिलाहरुले अर्को भोग्नु पर्ने महत्वपूर्ण अवस्था भनेको गर्भासन हो । यो एउटा महिलाहरुको विशेष अवस्था हो  । 

शीर्ष समाचार

धेरै पढिएको