March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
KN hd tv

मौसम अपडेटः मुलुकका विभिन्न ठाउँमा ठूलो वर्षा र बाढीको जोखिम

काठमाण्डाै – आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरैजसो ठाउँमा अहिले सामान्य वर्षा भैरहेको छ ।

वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भईरहेको हो । मनसूनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको छ ।

आज दिउँसो केही ठाउँमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा भने भारी वर्षाको हुने सम्भावना रहेको छ । प्रदेश ५ का रुपन्देही र कपिलवस्तुमा भारी वर्षा हुने भएकाले साना खोलाहरुमा आकश्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

साना खोला खहरेमा आकश्मिक बाढी आउन सक्ने भएकाले महाशाखाले सतर्क रहन समेत आग्रह गरेको छ । प्रदेश १, २, वाग्मती, गण्डकी र प्रदेश ५ को मध्यपहाडी, चुरे र तराईबाट बहने ससाना खोलामा बहाव उच्च हुने सम्भावना छ ।

कोशीमा पानीको बहाव सामान्य घटबढ हुने, नारायणीमा केही बढ्ने तर कोशी र नारायणीमा बहाव सतर्कता तह आसपास नै हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा हुने तर सतर्कता तहभन्दा तलै हुने अनुमान गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको