October 22, 2024, Tuesday
KN hd tv

नेकपा अध्यक्ष प्रचण्डलाई आइसोलेसनमा राखि कोरोना परीक्षण गरिने

काठमाडौं – नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोरोना परीक्षण गरिने भएको छ । शुक्रवार निर्वाचन क्षेत्र चितवन पुगेका प्रचण्ड सोमबार विहान काठमाडौं फर्किदैछन् । काठमाडौ फर्केलगतै उनको कोरोना परीक्षण गर्ने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ ।

अध्यक्ष प्रचण्डले चितवनमा धेरै मानिसहरुसँग भेटघाट गरेका थिए । चितवनमा कोरोना भाइरसको महामारी फैलिएको छ । महामारी फैलिएको क्षेत्रबाट फर्केका कारण उनको स्वास्थय परीक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अबस्था कमजोर रहेको र देशका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि नियमित भेटघाट गर्नूपर्ने भएका कारण उनको स्वास्थ्य परीक्षण गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

प्रचण्डले केही समयअघि कोरोनाको पीसिआर परीक्षण गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको