September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार
KN hd tv

माइक्रोसफ्टले ल्यायो नयाँ विशेषतासहितको भिडियो कन्फ्रेन्सिङ्ग एप, एकै पटक १ हजार जनासँग कुरा गर्न सकिने

काठमाडौं-  माइक्रोसफ्टले नयाँ विशेषतासहितको भिडियो कन्फ्रेन्सिङ्ग एप विकास गरेको छ ।

माईक्रोसफ्ट टिम्स नामको एपले भिडियो कलमा १००० सदस्यहरूलाई एकैपटक कुरा गर्न मिल्ने सुबिधा दिइएको छ।

यति मात्र होईन, यदि प्रयोगकर्ताले ठूलो स्तरमा भिडियो कलिङ्ग गर्नुपर्‍यो भने केवल भ्यू-ओन्ली अन्तर्गत २० हजार प्रयोगकर्ताहरूसँगै जोडिन सकिने समेत सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो एपले एकै पटक धेरै व्यक्तिहरूसँग जोडिदा कसले बोल्दैछ भन्ने कुराको अलमल हुन नदिन टूगेदर मोड भन्ने फिचर पनि राखेको छ ।

उक्त फिचरले समूहमा कुन सदस्यले बोल्दै छ भन्ने जानकारी गराउँछ । यसले प्रयोगकर्ताहरू माझ संवाद गर्न सजिलो बनाउँने दाबी गरिएको छ।

यस्तै प्रयोगकर्ताहरूलाई लाइभ भिडियो कलिंगको क्रममा इमोजी पठाउन पनि अनुमति दिइएको छ। यी इमोजीहरूमार्फत, तपाईंले कल गर्ने क्रममा प्रतिक्रियाहरू दिन सक्ने व्यवस्था गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको