November 29, 2023, Wednesday
२०८० मंसिर १४, बिहीबार
KN hd tv

नातिको हजुरबुवा बने पुर्व प्रधानमन्त्रि डा. भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई हजुरबुबा भएका छन् । आइतबार बिहान डा. भट्टराईका छोरी मानुसी र ज्वाइँ जेकेन्द्रको पुत्रलाभ भएको हो ।

नाति काखमा लिएको फोटो सार्वजनिक गर्दै बाबुरामले छोरी मानुषी, ज्वाइँ जेकेन्द्र र स्वास्थ्यकर्मीलाई बधाई तथा धन्यवाद दिएका हुन्।

महाराजगञ्जस्थित टिचिङमा शल्यक्रियामार्फत् मानुषीले बच्चा पाएकी थिइन्। सफल सल्यक्रियाका लागि बाबुरामले डाक्टर गीता गुरूङ नेतृत्वको टिमलाई धन्यवाद दिएका छन्।

हजुरबा भएपछि फुरूङ्ग भएका बाबुरामले ठट्टा गर्दै लेखेका छन्– हाम्रो परिवारमा २२ औं शताब्दी देख्ने सम्भावना भएको एक मात्र शिशुको सु–स्वास्थ्यको कामना।

शीर्ष समाचार

धेरै पढिएको