December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

राहत र जनधनको रक्षाका लागि कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले विपद पीडितको उद्धार, राहत र जनधनको रक्षाका लागि कुनै कसर बाँकी नराख्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण जनधनको क्षति कम गर्न तथा तत्काल उद्धार तथा राहतको व्यवस्थापन गर्नका लागि प्रभावकारी रुपमा काम गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका हुन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा प्रधानमन्त्री ओलीले जनधनको रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएको परिषदका सदस्य–सचिव अनिल पोखरेलले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले देशभर बाढी–पहिरो तथा अब आउन सक्ने महामारी तथा सर्पजन्य समस्यासँग जुध्नका लागि सम्बन्धित मन्त्रालय तथा निकायहरुको तयारीबारे जानकारी लिएका हुन् ।

उनले जोखिम कम गर्ने उपाय, उद्धार तथा राहत एवम् पुनर्स्थापनालाई पनि केन्द्रमा राखेर काम गर्न निर्देशन दिएको सदस्य सचिव पोखरेलले बताए ।

यस्तै प्रधानमन्त्री ओलीले उद्धार, राहत तथा पुनर्स्थापनाको काममा बजेट अभाव भएमा तत्काल थप बजेटको व्यवस्था गर्न अर्थमन्त्री डा. युवराज खतिवडालाई निर्देशन दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको