July 24, 2024, Wednesday
KN hd tv

बाढीपहिरो पिडितलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनाको व्यवस्था गर्दै सरकार

काठमाडौं – सरकारले अविरल वर्षापछि आएको बाढीपहिरोमा परेकाहरूलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनाको व्यवस्था मिलाउने भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले देशका आठ जिल्लामा अहिले बाढीपहिरोबाट प्रभावित भएकाहरुको उद्धारदेखि पुर्नस्थापनाका काम गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरू तथा सुरक्षा निकायका पदाधिकारी उपस्थित थिए ।

शीर्ष समाचार

धेरै पढिएको