May 8, 2024, Wednesday
२०८१ बैशाख २६, बुधबार
KN hd tv

‘पोष्ट केयर कोभिड ओपिडी’ सञ्चालन गर्दै त्रिवि शिक्षण अस्पताल

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले ‘पोष्ट केयर कोभिड ओपिडी’ सञ्चालन गर्ने तयारी गरेको छ। आगामी आइतबारदेखि पोष्ट केयर कोभिड ओपिडी सञ्चालन गर्ने अस्पतालले तयारी गरेको हो।

कोरोनापछि विभिन्न स्वास्थ्य समस्याहरु देखिएको भन्दै उनीहरुको लागि पोस्ट केयर कोभिड ओपिडी सञ्चालन गर्ने तयारी भएको अस्पतालका सूचना अधिकारी रामबिक्रम अधिकारीले बताए। 

उनले भने, ‘कोभिडका बिरामीको लागि छुट्टै ओपिडी सञ्चालन गर्छौं। कसैलाई मानसिक समस्या, कसैलाई विभिन्न समस्याहरु देखिरहेका छन्। उनीहरुको सहजताका लागि पोष्ट कोभिड केयर ओपिडी सञ्चालन गर्दैछौं।’

रेस्पिरेटरी डिपार्टमेन्ट अन्तर्गत उक्त ओपिडी सञ्चालन गरिने अस्पतालले जनाएको छ। पोष्ट केयर कोभिड ओपिडीमा बिरामीको अवस्था र समस्या अनुसार उपचार गरिने उनले बताए। 

‘बिरामीको आवश्यकता अनुसार विभिन्न परीक्षण गरिने, केही समस्या देखिए उपचार गर्ने हुन्छ। उनीहरुको समस्यालाई कसरी सहज बनाउने भन्ने उद्देश्य हो। काउन्सिलिङदेखि सबै उपचार गर्छौं’ उनले भने। 

कोरोना संक्रमित भई निको भइसकेका व्यक्तिहरुमा पोष्ट कोभिडको समस्या बढ्दै गएको छ। कोरोना संक्रमित भई निको भइसकेपछि देखिने विभिन्न स्वास्थ्य समस्याको अवस्थालाई पोस्ट कोभिड कम्प्लिेशन भनिन्छ। नेपालमा पनि कोरोना निको भइसकेका धेरैजसो व्यक्तिमा सामान्यदेखि जटिल खालका स्वास्थ्य समस्याहरु देखिने गरेका छन्।

शीर्ष समाचार

धेरै पढिएको