May 16, 2024, Thursday
२०८१ जेष्ठ ३, बिहीबार
KN hd tv

माङसेबुङको मत पनि सुहाङको पक्षमा : २,८५३ मतान्तरले एमाले अघि, अरु कसको कति ?

इलाम । इलाम–२ को उपचुनाव अन्तर्गत जारी मत गणनामा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता जारी छ । अहिलेसम्म फाकफोकथुम, चुलाचुलीका सबै वडाको मत गनिसकिएको छ । माङ्सेबुङ–१ र २ को मत गन्दा एमाले उम्मेदवार नेम्वाङले ९,४८४ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले ६६३१ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका मुढा चुनाव चिह्न भएका डकेन्द्रसिंह थेगिमले ५९५१ मत ल्याएका छन् । चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । रास्वपाका उम्मेदवार मिलन योङ्हाङ लिम्बूले १४०१ मत प्राप्त गरेका छन् ।

मासेबुङको २ नम्बर वडामा एमालेले नै अग्रता लियो । त्यहाँ एमाले उम्मेदवार नेम्वाङले ५८६, कांग्रेसका खड्काले ३५१, स्वतन्त्र थेगिमले ३१७ र रास्वपाका लिम्बूले ९६ मत प्राप्त गरे । अहिल माङ्सेबुङको ३ नम्बर वडाको मत गणना भइरहेको छ । यहाँ अहिलेसम्म सदर मत २३२०५ छ ।

इलाम–२ मा शनिबार उपनिर्वाचन भएको थियो । यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए । २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए । त्यस बेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए ।

शीर्ष समाचार

धेरै पढिएको