October 22, 2024, Tuesday
KN hd tv

स्पेनिस ला लिगा: बार्सिलोनाको कठिन जित

स्पेनिस ला लिगामा बार्सिलोनाले स्पानोयलमाथि कठिन जित हात पारेको छ । गएराति भएको खेलमा बार्सिलोनाले स्पानोयललाई एक शून्यले हरायो ।

जितपछि बार्सिलोनाले शीर्ष स्थानको रियाल मड्रिडसँगको दूरी एक अंकमा झारेको छ ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाका लागि एक मात्र गोल लुइस स्वारेजले गरे । रेलिगेसनमा परेको स्पानोयल विरुद्ध पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले ५६ औं मिनेटमा अग्रता बनायो ।

उसका लागि लुइस स्वारेजले गोल गर्न सफल भए । जारी सिजनमा उनको यो १५ औं गोल हो । त्यसपछि स्पानोयल खेलमा फर्कन सकेन र पराजित भयो ।

 जितपछि बार्सिलोनाले ३५ खेलमा ७६ अंक बनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको