October 22, 2024, Tuesday
KN hd tv

सिन्धुपाल्चोक बाढी अपडेटः २२ जना बेपत्ता

सिन्धुपाल्चोक – (अपडेट) सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशीमा बाढीले घर बगाउँदा २२ जना बेपत्ता भएका छन् । दुई जनाको शव भेटिएको छ भने दुई जना घाइते भएका छन् । स्थानीय खहरे खोलामा आएको बाढीले झण्डै दुई दर्जन घर बगाएको छ ।

बाह्रबिसे नगरपालिका ३ जम्बु बजारमा खहरे खोलामा आएको बाढीले १८ जना बेपत्ता भएका नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले  जानकारी दिनुभयो । त्यहाँ दुई जनाको शव समेत फेला परेको छ । २०÷२२ वटा घरमध्ये ३/४ वटाबाहेक अरु पहिरोले लगेको पनि शेर्पाले बताउनुभयो । त्यहाँको पक्की पुलसमेत बगाएको छ । जुरे, बाह्रबिसे लगायतका क्षेत्रमा सडक अवरुद्ध भएको छ ।

यस्तै भोटेकोशी गाउँपालिकामा चार जना बेपत्ता भएका छन् । बर्कुटे भन्ने ठाउँमा स्थानीय खहरे खोलामा बाढी आउँदा दुईवटा घर बगाएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । बाढी आएको थाहा पाएपछि एउटा घरमा भएका सबै भाग्न सफल भएका र अर्को घरका चार जना बेपत्ता भएका उहाँले बताउनुभयो । 

शीर्ष समाचार

धेरै पढिएको