October 22, 2024, Tuesday
KN hd tv

सिन्धुपाल्चोकमा बाढीले दर्जनौं घर बगायो

काठमाडौं- रातभरको अविरल वर्षाका कारण आएको बाढी-पहिरोले सिन्धुपाल्चोकका दर्जनौँ घरमा क्षति पुगेको छ ।

बाह्रबिसे नगरपालिका र त्यस उँभोको क्षेत्रमा ठाडा खोलाहरु उर्लँदा दर्जनौँ घरमा क्षति पुर्‍याएको छ ।

अरनिको राजमर्गको जम्बु, खागदल बजारमा बाढीले ठूलो क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । खागदलको पक्की पूल नै बगाएको जनाइएको छ ।

उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएको जनाइएको छ ।

बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन ।

बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताइन् ।

शीर्ष समाचार

धेरै पढिएको