December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

लकडाउनमा मजदुरलाई दैनिकी चलाउन साह्रै कष्टकर, सरकारलाई दियो समितिले यस्तो निर्देशन

काठमाडौं- संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी व्यवसायीलाई ट्याक्सी चलाउन दिन सरकारलाई निर्देशन दिएको छ । बुधबार समितिले सरोकारवालासँग छलफल गरी आवश्यक निर्देशन दिएको हो। समितिले विश्व स्वास्थ संगठन र नेपाल सरकारले बनाएका मापदण्ड पुरा गरी सार्वजिनक यातायात संग सम्बन्धित ट्याक्सी चलाउने व्यवस्था गर्न भौतिपूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएका हो।

‘विश्व स्वास्थ संगठन, नेपाल सरकार स्वास्थ तथा जनसँख्या मन्त्रालय र कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिले तयार पारेका मापदण्ड पुरा गरी सर्वसाधारणलाई आवतजावतमा थप सहजता प्रदान हुने र अर्थतन्त्र समेत चलायमान हुने भएकाले ट्याक्सी सञ्चालनका लागि व्यवस्था मिलाउन समितिले नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ’ समितिको निर्णयमा उल्लेख गरिएको छ।

समितिले अहिलेकै अवस्थामा सार्वजनिक यातायातलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा आगामी बैठकमा सम्बन्धित निकायहरुसँग छलफल गर्ने निर्णय समेत गरेको छ।

समितिले सार्वजनिक यातायातसँग सरोकारवाला मजदुर संगठन र व्यवसायीक संगठनका पदाधिकारीसँग छलफल गरी मजदुरको अवस्थाका बारेमा बुझेको थियो। 

शीर्ष समाचार

धेरै पढिएको