October 22, 2024, Tuesday
KN hd tv

ओली–प्रचण्ड छलफल गर्दै स्थायी कमिटी बैठक अघि

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकअघि आज पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफल गर्दैछन् ।

पटक-पटक स्थगित हुँदै आएको स्थायी किमिटी बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नुअघि एक्लाएक्लै छलफललाई निरन्तरता दिन अध्यक्षद्वय सहमत भएका थिए ।

यहीबीचमा चिनियाँ राजदूतको सक्रियताले नेकपाको विवाद सुल्झिन लागेको भनेर गरिएका अनुमानलाई बल दिने गरी अध्यक्षद्वय स्थायी कमिटी बैठकलाई निरन्तरता दिन सहमत भएका हुन् ।

प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष ओली सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको समूहले दुवै पदबाट ओलीको राजीनामा मागेपछि पार्टीमा आन्तरिक विवाद चुलिएको छ।

सोमबारदेखि एक्ला एक्लै वार्तामा बसेका दुई अध्यक्षबीचको छलफल सकारात्मक भएको भनिए पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन ।

ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडान लिएका छन् भने दाहालले दुईमध्ये एक पद छोड्न दबाब दिँदै आएका छन् ।

ओलीले दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने जवाफ दिएका छन् । मंसिर ४ को सहमतिमा  ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने उल्लेख छ ।

तर, मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै प्रचण्डले २०७५ जेठ २ को सहमतिअनुसार अघि बढ्नुपर्ने अडान लिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको