October 22, 2024, Tuesday
KN hd tv

काठमाण्डौ उपत्यकामा सङ्क्रमितको संख्या एक हप्तामै दोब्बरभन्दा बढी

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमित थपिने क्रम बढ्दै गएको छ । अघिल्लो हप्ता १६ गते १ सय ६ जना सङ्क्रमित रहेकोमा एक हप्तामै दोब्बरभन्दा बढी १ सय ३३ जना थपिएका हुन् ।

बुधबार काठमाण्डौ उपत्यकामा १७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । बिहीबार ३२ जना थपिए भने आइतबार ३० जनामा सङ्क्रमण पुष्टि भयो । सोमबार एकैदिन सबैभन्दा धेरै ५४ जनामा सङ्क्रमण भेटिएपछि काठमाण्डौ उपत्यकामा सङ्क्रमितको संख्या २ सय ३९ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा १ सय ६१, ललितपुर र भक्तपुरमा ३९/३९ जना सङ्क्रमित रहेका छन् ।

लकडाउन खुकुलो भएपछि काठमाण्डौ उपत्यकामा भित्रिने र चहलपहल पनि बढेकाले सङ्क्रमित बढेका हुन् । इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा प्रमुख डा. वासुदेव पाण्डेले मानिसहरू उपत्यका प्रवेश गरेसँगै सङ्क्रमणको जोखिम बढेको बताउनुभयो । उहाँले भेटिएका सङ्क्रमित एकै ठाउँका नरहेकाले विभिन्न ठाउँबाट प्रवेश गरी उपत्यका भित्रिएको देखिएको समेत बताउनुभएको छ ।

शीर्ष समाचार

धेरै पढिएको