October 22, 2024, Tuesday
KN hd tv

सार्वजनिक भयो सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’को ट्रेलर

काठमाडौं – केही समय अगाडी आत्महत्या गरेका बलिउड सुपर स्टार सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्म जोन ग्रीनको उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ मा आधारित छ ।

फिल्मको ट्रेलर रिलिज भएको ४५ मिनेटमै १ लाखभन्दा बढीले हेरेका छन् भने ८ हजारभन्दा बढीले कमेन्ट गरिसकेका छन् ।

फिल्ममा सुशान्त सिंह राजपूत र सञ्जना सांघीले शीर्ष भूमिका निभएका छन् । फिल्ममा मुकेश चब्राको निर्देशन छ भने एआर रहमानको संगीत छ ।

हलिउडमा निर्माण भएको फिल्म ‘द फल्ट इन आवर स्टार्स’ लाई उत्कृष्ट प्रेमकथामा आधारित फिल्ममध्ये एक मानिन्छ । जोन ग्रीनको उपन्यास पनि उत्तिकै लोकप्रिय छ ।

सुशान्त सिंह राजपूतको अन्तिम फिल्म भएका कारण पनि यो फिल्म प्रतीक्षित बनेको छ । फिल्म डिज्ने हटस्टारमा नि:शुल्क हेर्न पाइनेछ ।

सुशान्तले गत १४ जुनमा आत्महत्या गरेका थिए । प्रहरीले उनले आत्महत्या गर्नुको कारण खोज्दै अनुसन्धान गरिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको